तेस्रो खेलमा नेपाल वेष्ट इन्डिजसँग ७६ रनले पराजित

बुधबार, वैशाख १९, २०८१
honor २२ sept

काठमाडौं । काठमाडौंमा जारी नेपाल र वेष्ट इन्डिज ए बीचको ५ टी-२० सिरिजको तेस्रो खेलमा वेष्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको छ।

X7D

आज त्रिवी मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल ७६ रनले पराजित भएको हो। नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रन मात्र बनायो।

नेपालका लागि लोकेश बमले २८, करण केसीले २८,  कुशल मल्लले २०, बिनोद भण्डारीले २० तथा अनिल शाहले १९ रन बनाए।वेष्ट इन्डिज ए का गुडाकेश मोटीले सर्वाधिक २ विकेट लिए।

त्यस्तै वेष्ट इन्डिज ए का लागि जोनसन चार्ल्सले शतक बढी हानेका छन् । उनले सर्वाधिक ११९   रन बनाए। त्यस्तै एलिक एथानाजेले १७ रन बनाएर आउट भए। आन्द्रे फ्लेचरले ५३  रन बनाए।

नेपालका लागि सागर ढकाल र करण केसीले १-१  विकेट लिए।

नेपाल  सितिजको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल आजको दोस्रो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको हो। टेष्ट राष्ट्र एवं दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्दै दिएको १६१ रनको लक्ष्यलाई नेपालले ९ विकेटको क्षेतिमा २० ओभर खेल्दै १५० रन  बनाएको थियो।

यो जितसँगै वेष्ट इन्डिज सिरिजमा २-१ अग्रता लिएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्