टी-२० विश्वकपका लागि रोहितको कप्तानीमा भारतीय टोलीको घोषणा

मंगलबार, वैशाख १८, २०८१
honor mob  winter sales

काठमाडौं । सन् २०२४ टी-२० विश्वकपका लागि भारतीय टोलीको घोषणा भएको छ। आगामी जुन २ देखि अमेरिका र वेष्ट इन्डिजमाअ आयोजना हुने टी-२० विश्वकपका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो।

Honor x7 pad

भारतमा जारी आईपीएलमा उच्च प्रदर्शन गर्नेलाई समेत नजर गर्दै भारतीय टोलीको घोषणा भएको हो।

भारतीय टोलीमा कप्तान रोहितसहित हार्दिकपाण्डेया (उपकप्तान), यशस्वि जैशवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु म्यामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजभेन्द्र चहल, अर्शदीप सिंह, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् । 

सन्जु र ऋषभलाई आईपीएलको प्रदर्शनका आधारमा टिममा सामेल गरिएको हो ।  शुबमन गिल, खलिल अहमद, रिंकु सिंह र आवेश खान वैकल्पिक खेलाडी रहेका छन् ।  भारत समूह ए मा रहेको छ। 

जसमा भारतसहित पाकिस्तान, क्यानडा, आयरल्याण्ड र आयोजक अमेरिका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्