Dashain Banner
Dashain Banner

दोस्रो खेलमा नेपाल वेष्ट इन्डिजसँग १० रनले पराजित

आइतबार, वैशाख १६, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल र वेष्ट इन्डिज ए बीचको ५ टी-२० सिरिजको दोस्रो खेलमा वेष्ट इन्डिज १० रनले विजयी भएको छ।

सितिजको पहिलो खेलमा ४ विकेटले विजयी भएको नेपाल आजको दोस्रो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको हो। टेष्ट राष्ट्र एवं दुई पटकको विश्वकप विजेता वेष्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिङ गर्दै दिएको १६१ रनको लक्ष्यलाई नेपालले ९ विकेटको क्षेतिमा २० ओभर खेल्दै १५० रन  बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेल नटआउट रहदै ४८ बलमा ७१ रन बनाए ।गुल्शन झाले २६ तथा लोकेश बमले १७ बनाए भने आरिफ शेखले १२ रन जोडे।

वेष्ट इन्डिजका ओबेद म्याककोय र  गुडाकेश मोटले सर्वाधिक २-२ विकेट लिए। यो खेलसँगै सिरिजमा नेपाल र वेष्ट इन्डिज १-१ खेल जित हात पारेका छन् ।

सिरिजको पहिलो खेलमा वेष्ट इन्डिज ए ले नेपाललाई दिएको २०५ रनको लक्ष्य पछ्याउँदै नेपालले १९.४  ओभरमा ६   विकेट गुमाउँदै  २०६ रन बनाएको हो।

उक्त खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले ५४ बलमा ११२ रन बनाएका थिए।

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीचको दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाँचौ मे ४ मा हुने छ । 

वेष्ट इन्डिज नेपालमा आगामी जुन २ तारिखमा वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकपको तयारीका लागि नेपालमा मैत्रीपूर्ण टी-२० सिरिज खेल्न अएको हो।

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्