एसीसी प्रिमियर कप च्याम्पियन बन्दै यूएई एसिया कपमा छनौट

आइतबार, वैशाख ९, २०८१
honor mob  winter sales

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ को उपाधि यूएईले जितेको छ। ओमानमा भएको फाइनल खेलमा आयोजक ओमानलाई ५५ रनले हराउँदै यूएई एसीसी प्रिमियर कप २०२४ को च्याम्पियन बन्दै एसिया कपमा छनौट भएको हो।

Honor x7 pad

फाइनलमा पहिलो ब्याटिङ गर्दै यूएईले ४ विकेट गुमाएर दिएको २०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको ओमानले  १४९ रन बनाएको हो।  २० ओभरमा  ९ विकेट गुमाएर  १४९   रन बनाएको ओमानका लागि प्रतीक अथाभ्लेले   सर्वाधिक   ४८ रन बनाए। 

यूएईका जुनेद सिद्दिकीले सर्वाधिक ३, महोमद फारुक र  आयन अफ्जल खानले ओमानविरुद्द २-२ विकेट र बसिल हमिदले १ विकेट लिएका थिए।

यूएईका लागि मोहम्मद वासिमले शतक प्रहार गरेका थिए। यूएईविरुद्द ओमानका बिलाल खानले सर्वाधिक २ विकेट लिएका थिए। सकिल अहमद र जिसान मक्सुदले १-१ विकेट लिएका थिए।

गत प्रिमियर कपमा नेपाली भूमीमा नेपालसँग पराजित भएको यूएईले सेमिफाइनलमा नेपाललाई पराजित गर्दै फाइनल पुगेको हो। फाइनल जितसँगै यूएई आगामी एसिया कप एसीसी इमर्जिङ टिम्स एसिया कपमा छानिएको छ।

त्यस्तै फाइनलमा पराजित भएको ओमान र प्रतियोगितामा तेस्रो भएको हङकङ पनि एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनिएका छन् । हङकङले तेस्रो स्थानका लागि नेपाललाई पराजित गरै एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट भएको हो।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्