एसिया कपमा पुग्न ओमान र यूएई भिड्दै

आइतबार, वैशाख ९, २०८१
honor mob  winter sales

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को फाइनल खेल आज हुँदैछ। एसिया कपको छनौटका लागि हुने फाइनलमा प्रतियोगिताकै बलियो मानिएको ओमानले यूएईविरुद्द खेल्दैछ। आजको फाइनल नेपाली समयअनुसार सवा ४ बजे हुनेछ ।

Honor x7 pad

समूह चरणका सबै खेल जित्दै सेमिफाइनलमा पुगेको ओमानले हङकङलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। त्यस्तै समूह चरणका ४ मध्ये  ३ खेल जितेर सेमिफाइनलमा पुगेको यूएईले नेपाललाई हराउँदै फाइनल पुगेको हो।

सेमिफाइनलमामा ओमानले हङकङलाई ४ विकेट तथा यूएईले नेपाललाई ६ विकेटले पराजित गरेका हुन्। फाइनल पुगेर एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट भइसकेका ओमान र यूएई मध्येको फाइनल विजेता आगामी एसिया कपमा छनौट हुनेछ।

यसअघि ओमान र यूएईबीच भएका ७ खेलमा ओमान ४ र यूएई ३ खेलमा विजयी बनेका छन् भने अल अमेरात मैदानमा भएका दुबै खेल ओमानले जितेको छ। यस प्रतियोगिताको पहिलो चरणको खेलमा पनि ओमान यूएईलाई ९ विकेटले पराजित गरेको थियो।

समूह चरणको खेलमा ओमानले यूएईसहित कुवेत,बहराइन र कम्बोडियालाई पराजित गरेको थियो भने यूएईले कुवेत, बहराइन र कम्बोडियालाई पराजित गर्दा ओमानसँग हार बेहोरेको थियो।

प्रतियोगिताका अपराजित ओमान एक बलियो टोली हो भने उपाधिको दाबेदार टोली नेपाललाई पराजित गरेको यूएईको मनोबल उच्च रहेको छ। गत एसिया कपमा छनौट हुन असफल रहेको यूएई यसपटक सफल हुन चाहान्छ भने घरेलु मैदानको फाइदा उठाउदै अपराजित टोली ओमान उपाधि जित्ने दाउमा छ। 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:४९
प्रतिक्रिया दिनुहोस्