नेपालको इमर्जिङ कप खेल्ने सपना पनि अधुरो, हङकङसँग ४ विकेटले पराजित

शनिबार, वैशाख ८, २०८१
honor mob  winter sales

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा यूूएईसँग पराजित भएको नेपालको एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने सपना पनि अधुरो बनेको छ।

Honor x7 pad

लगातारको खराब प्रदर्शनले नेपालको एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्नबाट बन्चित भएको हो। आज एसीसी प्रिमियर कपको तेस्रो स्थानमा लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ। तेस्रो स्थान जितसँगै हङकङ एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट भएको छ। तेस्रो स्थान जित्ने टोली इमर्जिङ कपमा छनौट हुने प्रावधान छ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा  ८ विकेट गुमाउँदै   १३९ रन बनाएको थियो। १४० रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको हङकङले १९.३ ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाउदै नेपाललाई पराजित गरेको हो।

हङकङका लागि अशं राठले सर्वाधिक ६५ रन बनाए। नेपालका सोमपाल कामीले ३ तथा अबिनाश बोहराले २ विकेट लिए।

त्यस्तै नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए भने सन्दीप जोराले २२ र रोहित पौडेल २१ रन बनाए। नेपालविरुद्द आयुश शुक्लाले सर्वाधिक ३ विकेट लिएका थिए। नेपालको यो लगातार दोस्रो हार हो। यसअघि सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको थियो। फाइनलमा पुगेका यूूएई र ओमान इमर्जिङ कप सोधै छानिसकेका छन् ।

भोलि हुने फाइनलमा विजेता टोली एसिया कपमा छनौट हुनेछ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्