एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुन हङकङविरुद्द खेल्दै नेपाल

हङकङलाई हराउँनै पर्ने दबाबमा नेपाल
शनिबार, वैशाख ८, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुनका लागि आज हङकङसँग खेल्दैछ।

Honor x7 pad

ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ मा सेमिफाइनलमा यूएईसँग पराजित हुँदै नेपाल फाइनल पुग्न असफल बनेको हो। 

दोस्रो सेमिफाइनलमा आयोजक ओमानसँग पराजित भएको हङकङ र नेपालले तेस्रो स्थानका लागि आज अपराह्न सवा ४ बजे खेल्दैछन् । तेस्रो स्थान जित्ने टोली एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुनेछ।

एसिया कप खेल्नबाट चुकिसकेको नेपालले समूह चरणमा हराएको हङकङलाई पराजित गर्दै एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने दाउमा छ। आजको खेलमा नेपाल हङकङविरुद्द हाबी हुने आकलन गरिएको छ।

आगामी एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारतसँगै पाकिस्तान,श्रीलंका, बंगलादेश र अफगानिस्तानको ए टोली खेल्नेछन् । प्रिमियर कपको फाइनलमा पुगेका ओमान र यूएई एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनौट भइसकेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्