एकसाथ पाँच जना सचिवको सरुवा

आइतबार, वैशाख २, २०८१
Honor 600 pro

काठमाडौं । सरकारले ५ जना सचिवहरुको एकसाथ सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव बिनोद सिंहलाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको सचिवमा सरुवा भएको छ।

त्यस्तै सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय अर्जुनप्रसाद पोखरेल र दिनेश भट्टराईको पनि सरुवा गरेको छ। पोखरेलको  राष्ट्रिय तथ्यांक कार्यालय र भट्टराईको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ।

महिला बालबालिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालय र उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्