माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका कारागार चलान

शुक्रबार, चैत २३, २०८०
honor mob  winter sales

चितवन । नेकपा माओवादी केन्द्र नेता एवं पूर्व लडाकु कमाण्डर कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

Honor x7 pad

काठमाडौंस्थित कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपका काठमाडौंको ठमेलबाट पक्राउ परेर चितवन लगिएका माओवादी नेता खामलाई चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश  दिएको हो।

खाम तत्कालीन माओवादीको लडाकु शक्तिखोर शिविरमा  डिभिजन कमाण्डर हुँदै गर्दा व्यापारी श्रेष्ठलाई उठाएर शक्तिखोर लगेका थिए। त्यस्को केहीदिन पछि व्यापारी श्रेष्ठको शव नारायणीमा फेला परेको थियो।

शक्तिखोरस्थित तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका कमाण्डर रहेका बेला खामले काटेश्वरका ब्यापारी श्रेष्ठलाई घरबाट नै उठाएर ल्याउन आदेश दिएका थिए ।

जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले व्यापारी श्रेष्ठ हत्या घटनामा तथ्य प्रमाणहरुको आधारमा खामको संलग्नता नरहेको भन्न नसकिने अवस्था रहेको भन्दै आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

१५ वर्षदेखि फरार सूचीमा रहेपनि निर्वाध रुपले काठमाडौंमै खुलेयाम बस्दै आएका खालाई यही चैत १९ गते काठमाडौंबाट पक्राउ गरेर चितवन जिल्ला अदालतमा पेश गरिएको थियो।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:१६
प्रतिक्रिया दिनुहोस्