गृहमन्त्रीमाथि लागेको आरोपको प्रमाण नभेटिदा संसदीय छानबिन समिति गठन भएन: प्रवक्ता शर्मा

बिहीबार, चैत २२, २०८०
honor mob  winter sales

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको आरोपको  छानबिन गर्न सरकारले संसदीय छानबिन समिति नबनाउने भएको छ।

Honor x7 pad

आजको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता रेखा शर्माले गृहमन्त्री लामिछानेमाथि लागेको आरोपको कुनै प्रमाण नभएको हुँदा छानबिन समिति गठन गर्न आबश्यक नभएको बताइन् ।

प्रवक्ता शर्माले भनिन् - " गृहमन्त्रीमाथि लागेको आरोपमा कुनै यथेष्ट प्रमाणहरु नभेटिएको र सोही प्रकरणमा प्रधानमन्त्री ज्युले प्रतिनिधि सभा बैठकमा पनि बोलिसक्नु भएको छ  र गृहमन्त्रीले पनि संसद र  समितिमा बोलिसकेको हुँदा छानबिन समिति गठन नगरिएको हो।"

संसदीय छानबिन समिति बनाउन आबश्यक प्रमाण भेटिनुपर्छ तर गृहमन्त्रीमाथि लागेको आरोपमा कुनै प्रमाण नभएको प्रवक्ता शर्माले भनिन् । 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले छानबिन समिति नबानाइए संसद अवरुद्द गर्ने चेतावनी दिदै आउँदा सरकारले छानबिन समिति नबनाए कांग्रेसले के गर्छ भन्ने तरंग पैदा भएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्