नेपालगन्ज कारागारका एक कैदीको मृत्यु

बुधबार, चैत २१, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्ज कारागारका एक कैदीको मृत्यु भएको छ। त्यहा रहेका एक वृद्द कैदीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

Honor x7 pad

बलात्कार मुद्दामा गत पुस १७ गते पुर्पक्षका लागि कारागार चलान भएका  नेपालगन्ज-८ का ६६ वर्षीय कैदी अब्दुल जोलाहाको हृदयघातका कारण मृत्यु भएको कारागारले जानकारी दिएको छ।

उनको आज बिहान ४ बजे एक्कासी जोलाहको छाती दुखेपछी उपचारका भेरी अस्पताल लगिए पनि उपचारका क्रममा केहिबेर पछि उनको मृत्यु भएको हो।

 

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्