२४ निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण

आइतबार, असार २४, २०८०
honor mob  winter sales

काठमाडौं । सन्तोषजनक काम नगर्ने २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले सात दिने लिखित स्पष्टीकरण सोधेको छ । 

Honor x7 pad

कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको हो । 

स्पष्टीकरण पेस गर्न भनिएका कम्पनीमा सिरुवा कन्ट्रक्सन तीनकुने, खहरेखोला इन्टरप्राईजेज गोठाटार, पुतलीकाठ निर्माण सेवा प्राली दोलखा, लामाबुद्ध निर्माण तथा समग्री सप्लायर्स हरहरमहादेव कागेश्वरी, एक्सन बिल्डर्स प्राली तनहुँ, नुरी कन्ट्रक्सन प्रालि बर्दिया, शिवालय बिल्डर्स हेटौँडा, अन्तरता इन्टरनेस्लन कोटेश्वर,आरडी सप्लायर्स पुतलीसडक छन् ।

यसैगरी नागारर्जुन शङ्करमाली जेभी, नागार्जुन कन्ट्रक्सन प्राली, शङ्कर माली निर्माण सेवा प्राली कमलादी, एञ्जल निर्माण सेवा बानेश्वर, एकेएस कन्ट्रक्सन भरतपुर चितवन, कश्यप÷आर्भन जेभी भरतपुर चितवन, तिइभु निर्माण सेवा रोल्पा, इसु इन्फर्मेसन सर्भिस ग्रुप तथा इन्जिनियरिङ इन्फा प्रोजेक्ट प्राली मुम्बै, रुपन्देही बिल्डर्स एण्ड कन्ट्रक्सन प्राली काठमाडौँ तथा आर्भन कन्ट्रक्सन प्रा.लि. छन् ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्