कमलपोखरीमा ग्याँस सिलिन्डर बिष्फोट, १४ जना घाइते,एकको अवस्था गम्भीर

बिहीबार, माघ २४, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौंमा ग्याँस सिलिन्डर बिष्फोट हुँदा १४ जना घाइते भएका छन् । आज बिहान ९ बजे कमलपोखरीस्थित सानदार मम पसलमा ग्याँस सिलिन्डर बिष्फोट हुँदा १४ जना घाइते भएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी परिसरका अनुसार ग्याँस सिलिन्डर बिष्फोटबाट घाइते भएकामध्ये  ११ जनालाई अस्पताल लगिएको छ भने ३ जना सामान्य घाइते भएका छन् । घाइतेहरु सबै सोही पसलका कामदारहरुको रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार घाइतेमध्ये उदयपुरका २४ वर्षीय संजोग मगरको अवस्था गम्भीर रहेको छ । उनीसहित ५ जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ।

मम पसलमा ग्याँस सिलिन्डर बिष्फोट भएपछि घरको सिलिङ भत्किएर उनीहरु च्यापिएका थिए भने मगरको शरीर जलेको बताइएको छ। अहिले पनि भत्किएको पसलमा उद्दार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्