जलेश्वर कारागारका एक कैदीको मृत्यु

आइतबार, माघ २०, २०८१
Honor 600 pro

काठमाडौं । वि.सं.२०३८ सालको आगजनी घटनामा दुई वर्षअघि पक्राउ परेर जेल सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ। 

महोत्तरी जिल्ला कारागारमा कैद सजाय भुक्तान गर्दै आएका धनुषास्थित बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको महोत्तरी कारागार प्रशासनले जानकारी दिएको छ।

महोत्तरी कारागारका अनुसार  जोगेन्द्रलाई मध्यराति अचानक अत्यधिक पेट दुखेर प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएपनि उनको उपचारका क्रममा मृत्यु भएको हो। 

जोगेन्द्रको राति साढे २ बजे मृत्यु भएको कारागार कार्यालयले जानकारी दिएको छ। जोगेन्द्रले ०३८ सालमा गाउँकै खेतमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो।

अदालतले गरेको फैसला पश्चात् फरार रहेका जोगेन्द्र दुई वर्षअघि मात्रै पक्राउ परेका थिए।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्