बिरामी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु

बिहीबार, माघ १७, २०८१
Honor 600 pro

काठमाडौं । बिरामी बोकेको जीप दुर्घटना हुँदा ओखलढुंगामा तीन जनाको मृत्यु भएको छ।

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-७ मा ना१ज ६४२१ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको ओखलढुंगा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार खोटाङ  सदरमुकाम दिक्तेलबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको जीप ओखलढुंगामा दुर्घटना हुँदा  खोटाङको कोपिलासगढी गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो।

प्रहरीले उक्त जीप गए राति नै दुर्घटना भएको हुन सक्ने बताएको छ। आज बिहान स्थानीयहरुले जीप दुर्घटना भएको खबर गरे लगत्तै पुगेको प्रहरीले सडकदेखि १ सय मिटर तल खसेको अवस्थामा दुर्घटनाग्रस्त जीपमा तीन जना मृत अवस्थामा फेला पारेको थियो।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्