अछाम दुई किशोरी दिदिबहिनी मृत्यु घटना: दुई जना प्रहरीको नियन्त्रणमा

सोमबार, माघ १४, २०८१
Honor 600 pro

काठमाडौं । अछामका किशोरी दुई दिदिबहिनी मृत्युु घटनामा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय अछामले शनिबार अछामको ढकारी गाउँपालिका-१ छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत घटना प्रकरणमा अनुसन्धानका लागि दुई युवकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

पकाउ परेका दुबै युवक मृतक किशोरीहरुसँगै बाख्रा चराउउ  गएको प्रहरीले जानकारी दिएको छ। अछाम प्रहरीले पक्राउ परेका युवकहरु २० वर्ष मुनीका रहेका कारण परिचय नखुलाइएको जनाएको छ।

शुक्रबार दिउँसो बाख्रा चराउन गएका दिदिबहिनी घर नआएपछि शनिबार दिउँसो शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेका थिए।

अछाम प्रहरीले मृतक दिदिबहिनीको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाएको जानकारी दिदै घटनास्थल वरपर तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।

प्रहरीले घटनास्थल माथि ढुङ्गाको ठुलो भीर रहेकाले ढुङ्गा खसेर उनीहरुको मृत्यु भएको हुन सक्ने बताए पनि मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै सही ढंगले अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्