विवाह गर्न भागेका लोकेन्द्र र सपना घरभित्र मृत भेटिए

शनिबार, माघ १२, २०८१
Honor 600 pro

दाङ। विवाह गर्न भागेको जोडी  रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाको–४ खुम्चेरीमा केटाकेटी एउटैका कोठामा मृत अवस्थामा फेला परेका छन्।

त्रिवेणी गाउँपालिका-४ का वडाध्यक्ष नन्नराम बाँठाका अनुसार भागिराम खड्काको छोरा लोकेन्द्र खड्का र वडा नम्बर ६ की सपना पुन मगर लोकेन्द्रको घरमा मृत अवस्थामा फेला परेका हुन्।दुबै जना १९ वर्ष उमेरका हुन्।

चार दिन अघि विवाहको लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए।वडाध्यक्ष बाँठाका अनुसार शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरामा दुबै जना मृत अवस्थामा फेला परेका हुन्। लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो।

एक मात्र छोरा लोकेन्द्रको एक जना बहिनी हुनुहुन्छ।काठमाडौँमा अध्ययनरत छोरीको साथमा बुवाआमा नेपालगञ्जबाट फर्कदै गर्दा यस्तो घटना सार्वजनिक भएको हो।

प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ।
स्थानीयका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।सपनाको शव भने भुइँमा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्