पत्रकार महासंघ बाँकेको जग्गा अतिक्रमण:अध्यक्ष भन्छन्-अब कडा रुपले अगाडि बढ्छौ

मंगलबार, माघ ८, २०८१
Honor 600 pro

नेपालगन्ज। जग्गा कारोबारीहरुले नेपाल पत्रकार महासंघ बाँकेको स्वामित्वमा रहेको जग्गा मिचेर अतिक्रमण गरि सडक खोलेको यतिबेला सबैले छर्लङ्ग देखिरहेका छन् ।

पहिलादेखै नै विवादीत रहेको उक्त सडक बारेको विवाद अदालत समेत पुगेको थियो । तर, अहिले केही  जग्गा कारोवारीको दादागिरीमा महासंघको जग्गा हडप्दै व्यक्तिगत फाइदाका लागि सडक बिस्तार गरिएको महासंघका पदाधिकारी बताउँछन् ।

पत्रकार महासंघ बाँकेको जग्गा मिचेर बाटो निकाल्न अन्ततस् जग्गा कारोवारीहरु सफल भएपनि यस बिषयमा महासंघले नेपालगन्ज उपमहानगरपालिकासँग जग्गा संरक्षणमा पहल गरिदिन पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अपिल गरेका छन् ।

महासंघले विगतमा भोगचलन गर्दै आएको जग्गा सबै  संरक्षणमा ध्यान नदिदा उक्त जग्गा पटकर पटक अतिक्रमण हुँदै आएको देखिएकोले अब तत्काल जग्गा संरक्षणका लागि पहल थालिएको महासंघका अध्यक्ष गिरीले बताए । जग्गा संरक्षणमा ध्यान नदिदा अहिले समस्या आइपरेको यथार्थ रहेको पत्रकार महासंघका पदाधिकारीहरु भन्छन् ।

महाासंघलाई ततकालिन अबस्थामा भोगचलनका लागि नेपालगन्ज  नगरपालिकाले जग्गा दिएपनि भौतिक पुर्वाधार निर्माण बाहेकको जग्गा अलपत्र  थियो ।

महासंघका तत्कालीन पदाधिकारीको उदासीनता र लापरबाहीले उक्त जग्गा संरक्षणविहीन हुँदा अतिक्रमण बढ्दै गएको महासंघ आसपासका स्थानीयवासीहरु बताउँछन् ।

महासंघको जग्गा संरक्षणका लागि उपमहानगरपालिकासँग अपिल गर्दा मेयर पशान्त बिष्टले केही दिनमा संरक्षणका लागि काम थालिने आश्वासन दिएको महासशंघ अध्यक्ष गिरी बताए। गिरीले भने-'अब हामी पनि जग्गा संरक्षणमा कडा रुपले प्रस्तुत हुन्छौं।'

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्