इँटा भट्टामा काम गर्ने भारतीय मजदुरको नेपालीले गरे हत्या

शुक्रबार, माघ ४, २०८१

काठमाडौं । रुपन्देहीमा इँटा भट्टामा कार्यरत भारतीय मजदुरको एक नेपाली मजदुरले हत्या गरेका छन् ।
जिल्लाको सियारी गाउँपालिका-७ हिरागञ्जमा रहेको न्यु कामना इँटा भट्टामा कार्यरत भारतीय मजदुरलाई कुटपिट गर्दै नेपाली मजदुरले हत्या गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भारतको गोरखपुर घर भएका करिब ४० वर्षीय निष्ठुरी केबट छन्। ‘उनी पत्नी, दुई छोरा र दुई छोरीलाई साथमै राखेर इँटा भट्टामै बस्दै आएका रहेछन्,’ डीएसपी कार्कीले भने, ‘गएराति करिब ९ बजे सोही उद्योगको ट्याक्टर चलाउने युवकले आपसी झैझगडामा इँटाले प्रहार गर्दा उनको मृत्यु भएको हो।’

कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले सियारी गाउँपालिका-६ घर भएका २० वर्षीया कृष्ण केवटलाई पक्राउ गरेको छ। कुटपिटबाट गम्भीर घाइते भएका केबटको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरेर उनीहरुबीच झगडा भएको र त्यही क्रममा कृष्णले निष्ठुरी केवटलाई छाती र टाउकोमा इँटाले प्रहार गरेका प्रत्यक्षदर्शीहरुले बताएका छन्।प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्