मन जोड्न दंगाली समूहको गोदावरीमा वनभोज

बुधबार, पुस २४, २०८१

काठमाडौं दाङ जन्मथलो र कर्मथलो भएर हाल काठमाडौंमा आएका दंगाली समूहले वनभोज कार्यक्रम गरेको छ।

Honor x7 pad

विभिन्न कामको सिलसिलामा काठमाडौंमा स्थायी र अस्थायी बसोबास गर्दै आएर दाङ कर्मथलो र जन्मथलो रहेका दंगाली समूहले शनिबार ललितपुरको गोदावरीमा वनभोज कार्यक्रमको आयोजना गरेको हो।

साथी र सहपाठीका विभिन्न उमेर समूहका दाङका सम्पुर्णलाई वर्षमा एकपटक मन जोडने गरि वनभोज कार्यक्रम आयोजना गर्दै आइरहेकोमा विगत १ वर्ष अगाडि काठमाडौंको चोभार देखि सुरु गरिएको कार्यक्रम यस वर्षपनि आयोजना  गरिएको हो।

गत वर्षको वनभोजमा कार्यक्रममा छुटेकाहरु पनि यसपटक सहभागी हुँदा झनै उत्साहजनक बनेको शनिबार आयोजित उक्त वनभोजमा विभिन्न पेशामा आवद्द रहेका व्यक्तिहरुको सहभागिता रहेको थियो।

सय बढीको संख्या सहभागी रहेको वनभोज अत्यन्त सौहार्द्पुर्ण रुपले भव्य र सभ्य तरिकाले सम्पन्न भएको थियो ।

नितान्त भाइचारा पन, एक्लोपन र साथीलाई जोड्ने र विगतमा कामको सिलसिलामा छुटिएका साथीभाइलाई एकै ठाउमा राखेर हामी एउटै स्थानका हौं भन्ने सन्देश दिने वनभोजमा सहभागी बनेकाहरुमा अथाह उत्सुकता पलाएको छ।

काठमाडौंमै भएर पनि भेट्न् नपाएका साथीभाइलाई वनभोजले मिलन गराउदा सबैमा हर्ष देखिएको सहभागी भएकाहरुले बताए।

परिचयात्मक कार्यक्रमबाट सुरु भएर सभ्य रुपलले सम्पन्न भएको वनभोजमा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। त्यसमा झनै कुर्सी दौड  र घैंटो फोड्ने खेलले झनै वनभोजमा छुट्टै किसिमको माहोल थियो।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्