तुलसीपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

आइतबार, पुस २१, २०८१
Honor 600 pro

दाङ ।तुलसीपुर प्रहरीले १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।ती बालिकामाथि सामूहिक बलात्कार भएको १ हप्तापछि मात्रै प्रहरीले घटनाबारे सार्वजनिक गरेको थियो।

तुलसीपुर प्रहरीका अनुसार ती बालिकालाई ललाईफकाई तुलसीपुर उपमहानगरपालिका-१२ टरिगाउँ फूटबल मैदानको अगाडि जंगलमा एक युवकले पुस १३ गते पु¥याएका थिए ।

त्यहाँ प्रेमीको साथमा पुगेकी भनिएकी ती बालिकालाई थप तीन जना ब्यक्तिले चारेतिरबाट घेरा हालेर नियन्त्रणमा लिएका थिए । उनीहरुले ती बालिका संगै गएका ब्यक्तिलाई बाँधेका थिए ।

त्यसपछि ती बालिकालाई केही पर जंगलमा लगेर दुई जनाले पालैपालो बलात्कार गरेका थिए । बलात्कारमा दुई जनाले सघाएको प्रहरीले बताएको छ । बलात्कारमा संलग्न मध्य एक जना भने अझैं फरार छन् । तीन जनालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्