खुर्सानीको बोराभित्र लुकाई ल्याउँदै गरेको लागुऔषधसहित एक व्यक्ती सशस्त्रको नियन्त्रणमा

मंगलबार, पुस १६, २०८१
Honor 600 pro

पर्सा। सशस्त्र प्रहरीले खुर्सानीको बोराभित्र लुकाएर लैजादै गरिएको ठुलो परिमाणमा लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लास्थित वीरगन्ज महानगरपालिका-१६ भन्सार नजिकबाट   विभिन्न किसिमका लागूऔषधसहित बहुदमाई गाउँपालिका–३ नगरदाहा बस्ने अन्दाजी ३६ वर्षिय मिश्री रामलाई सशस्त्र प्रहरीको  प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज खुर्सानीको बोरामा राखिएको लागुऔषध नियन्त्रणमा लिएको हो ।

भारतबाट पैदल आउँदै गरेका उनले टाउकोमा बोकी ल्याउँदै गरेको हरियो खुर्साको बोराभित्र लुकाईछिपाई राखेको डाईजापाम ४ सय ९० एम्पुल, बुप्रेनोर्फिन ४ सय ९९ एम्पुल, नोफिन २ सय ९७ एम्पुल र प्रोमाथाजिन हाईड्रोक्लोराईड ईन्जेक्सन ४ सय ९७ एम्पुल सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरी सोमबार साँझ बरामद गरेका सबै लागुऔषध र नियन्त्रणमा लिइएका रामलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाएको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्