दाङमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मंगलबार, पुस ९, २०८१
Honor 600 pro

नेपालगन्ज । दाङमा कार्यरत एक जना प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। 

जिल्ला प्रहरी दाङ मातहत रहेको वडा प्रहरी कार्यालय लमहीमा कार्यरत रहेका २६ वर्षीय प्रहरी जवान गणेश चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको दाङ प्रहरीले जानकारी दिएको छ। 

लमही नगरपालिका-७ घर भएर हाल वडा प्रहरी लमहीमा रहेका जवान चौधरीको कार्यालयको कामबाट कार्यालय फर्किदै गर्दा सोमबार राति मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

सोमबार राति लमही -७ कर्णली खोलामा दुर्घटनामा परेका जवान चौधरीको राति नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी दाङले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्