नेपाल टेलिकमले सचेत गराउँदै भन्यो- उपहारका नाम ठगीनबाट बच्नुहोला

बिहीबार, पुस ४, २०८१

काठमाडौं । नेपाल टेलिकमले सम्बन्धित सबैलाई उपहारका नाममा ठगीनबाट सचेत गराएको छ। 

Honor x7 pad

हाल विभिन्न सामाजिक सञ्जालमार्फत आउँदै गरेको क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार रुपैयाँसम्मको नगद तथा उपहार पाउने गलत सूचना प्रवाह भइरहेको हुँदा सबैलाई सचेत हुन नेपाल टेलिकमले सूचना जारी आग्रह गरेको हो।

केही समूहले नेपाल टेलिकमको लोगो प्रयोग गरी गलत सूचना प्रवाह गरिरहेको हुँदा त्यस्तो गलत सूचनाका पछि नलाग्न र ठगीनबाट जोगिन सबै सेवाग्राहीलाई सचेत गराएको हो।

नेपाल टेलिकमले त्यस्तो कुनै अफर नल्याएको भन्दै टेलिकमको वेवसाइटमा जारी गरिएको सूचनालाई मात्र आधार मान्न भन्दै सचेत गराएको हो।

 टेलिकमको सूचना-

हाल 'नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रू. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको' भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैमा हार्दिक अनुरोध छ ।

कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स (X) लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुन अनुरोध छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्