दाङको भमकेमा श्रीमानले गरे श्रीमतीको हत्या

बुधबार, पुस ३, २०८१
Honor 600 pro

तुलसीपुर । दाङको भमकेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-२  भमके एकताटोलका २९ वर्षीय चित्रबहादुर बुढाथोकीले घरायसी विवादमा आफ्नै श्रीमतीको हत्या गरेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।

ईलाका प्रहरी तुलसीपुरका अनुसार आज बिहान १० बजे घरायसी विवाद हुँदा ३२ वर्षीया श्रीमती हस्तीकुमारी बुढाथोकीको टाउकोमा दाउले हानेर हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा तुलसीपुर प्रहरीले उनलाई तुलसीपुर-७ कारागार कार्यालय नजिकैबाट पक्राउ गर्न सफल भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पक्राउ परेका चित्रबहादुरलाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्