स्कुटर ट्याक्टरमा ठोक्किँदा बाबुछोरीको मृत्यु, आमाछोरा घाइते

आइतबार, मंसिर ३०, २०८१

बर्दिया  । एकै घरका चार जना सवार स्कुटर दुर्घटना हुँदा बाबुछोरीको मृत्यु भएको छ। 

Honor x7 pad

जिल्ला सदरमुकाम गुलरियास्थित हुलाकी सडक छेउमा रोकिएको ट्याक्टरमा स्कुटर ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

आज सदरमुकामस्थित जिल्ला अस्पताल अगाडि बा६८प ७०३६ नम्बरको स्कुटर रोकिराखेको भे१त ९०६२ नम्बरको  ट्याक्टरमा ठोक्किँर दुर्घटना हुँदा ३२ वर्षीय बाबु रामकुमार साह र उनकी ६ वर्षीया छोरी विद्या साहको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका मृतक रामकुमारका श्रीमती र छोराको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी बर्दियाले जनाएको छ। मृतकका परिवार सप्तरीका हुन् ।

बर्दिया प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्