तुलसीपुर मोटरसाइकल दुर्घटना: अर्का युवकको पनि उपचारका क्रममा मृत्यु

बुधबार, मंसिर २६, २०८१
honor २२ sept

तुलसीपुर। तुलसीपुरमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका  अर्का एक युवकको मृत्यु भएको छ।

X7D

आइतबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका १८ वर्षीय सन्दीप वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका- ४ मा लु.प्र -०२-००१ प १७१७ नम्बरको मोटरसाइकल दुर्घटनामा १६ वर्षीय दिपेन्द्रसहित चालक १७ वर्षीय गणेश खड्का घाइते भएका थिए। 

गम्भीर घाइते वलीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो भने चालक खड्काको तुलसीपुर सिटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरीले तुलसीपुरले जानकारी दिएको छ।

उक्त दुर्घटनामा यसअघि नै १८ वर्षीय
युवक दीपेन्द्र वलीको मृत्यु भइसकेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्