कञ्चनपुरमा पूर्व असईले गरे आफ्नै श्रीमतीको हत्या

आइतबार, मंसिर १६, २०८१
Honor 600 pro

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तमामा श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

भीमदत्त नगरपालिका-८ तिलाचौरका ४८ वर्षीय प्रहरीका पूर्व असई नरेन्द्रसिंह बिष्टले ३० वर्षीया आफ्नै श्रीमती ज्योतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाँटीमा हँसिया प्रहार गरेर ज्योतिको मृत्यु गएको थियो । पहिलो श्रीमतीको मृत्युपछि नरेन्द्रले ज्योतिलाई दोस्रो श्रीमतीको रुपमा भित्र्याएका थिए ।

केही वर्ष पहिले उनीहरुको विवाह भएको प्रहरीले जनाएको छ । यसअघि पनि उनीहरुबिच विवाद र झगडा हुने गरेको थियो ।

गए राति करिब ८ बजेतिर ज्योतिको हत्या गरेको र त्यसलगत्तै श्रीमानलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। श्रीमतीको हत्या आरोपमा पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको प्रहरीले जनाएको छ।

नरेन्द्रसिंहको पहिलो श्रीमतीबाट जन्मिएका छोरा भरतमा रहेका छन् भने छोरी मामा घरमा थिइन् । दोस्रो श्रीमतीबाट सन्तान छैनन् । शुक्रबार मात्रै कञ्चनपुरको बेलौरीमा पनि श्रीमतीले श्रीमानको हत्या गरेकी थिइन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्