सिनामंगलको एक होटेलमा युवा-युवती मृत भेटिए

आइतबार, मंसिर ९, २०८१
Honor 600 pro

काठमाडौं । काठमाडौं-९ सिनामंगलस्थित एक होटेलमा युवा-युवती मृत फेला परेका छन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

ती दुई युवा-युवती झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको पासपोर्ट  फेला परेको छ। मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी छन्।

शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए। दुबै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्