राहदानी वितरण सेवा प्रभावित

शुक्रबार, मंसिर ७, २०८१
Honor 600 pro

काठमाडौं । राहदानी विभागको राहदानी सेवा प्रवाह वितरण प्रभावित बनेको छ।

आज केन्द्रीय राहदानी विभागले एक सूचना जारी गर्दै  केही दिनदेखि राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या देखिएको हुँदा राहदानी सेवा प्रवाह प्रभावित बनेको जनाएको छ। 

राहदानीको तथ्यांक व्यवस्थापनमा समस्या आएपछि राहदानी विभाग, जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा राहदानी सेवा प्रवाह प्रभावित हुन पुगेको विभागले आज जारी गरेको सूचनामा जनाइएको छ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्