नदीमा नुहाउन गएका तीन बालकको डुबेर मृत्यु

आइतबार, मंसिर २, २०८१

सिरहा । नुहाउन गएर कमला नदीमा डुबेर बेपत्ता भएका तीन बालकको शव फेला परेको छ।

Honor x7 pad

सिरहास्थित बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका-१५ बुधौराका १४ वर्षीय बालक अभिषेक यादवको शव आज भेटिएको सिरहा प्रहरीले जानकारी दिएको छ।

सिरहा प्रहरीका अनुसार अभिषेकको शव हुलाकी सडकको निर्माणाधीन कमला नदीको पुलदेखि करिब ५ सय मिटर दक्षिणपट्टि भेटिएको हो। 

त्यसैगरी, कर्जन्हा नगरपालिका-१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा बेपता भएका सिरहाकै मिर्चैया नगरपालिका-५ का र १५ वर्षीय लक्ष्मण कुमार साहको शव पनि बन्दीपुरस्थित कमला नदीमै आज फेला परेको हो। उनी शुक्रबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ।

शुक्रबार लक्ष्मणसँगै नदीमा नुहाउन गएका १६ वर्षीय रोशन मण्डलको शव भने शुक्रबार नै नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।

मृत बालकहरुको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको सिरहा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्