दार्चुला जीप दुर्घटनामा मृतकको संख्या ८ पुग्यो

शुक्रबार, कात्तिक ३०, २०८१
Honor 600 pro

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा  मृत्यु हुनेको संख्या ८ पुगेको छ। दुर्घटनामा सात जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य एक  जना गम्भीर घाइतेको अस्पतालमा मृत्यु भएका हो।

दार्चुलाका प्रहरीका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो । एकजनाको परिचय खुलेकोे छैन  । 

मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह