कञ्चनपुरका एक दम्पती शङ्कास्पद रुपमा मृत भेटिए

शुक्रबार, कात्तिक ९, २०८१
honor mob  winter sales

कञ्चनपुर।कञ्चनपुरमा एक दम्पती मृत फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेको प्रहरीले जनाएको छ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । 

“घटना शङ्कास्पद छ, उनले भने, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्