मुर्ति सेलाउने क्रममा दुई युवकको डुबेर मृत्यु

आइतबार, असोज २७, २०८१
Honor 600 pro

वीरगन्ज । पर्साको डोकैला बहुअरीस्थितको नहरमा मूर्ति सेलाउने क्रममा बेपत्ता भएका किशोर मृत्त फेला परेका छन् ।

मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीका शीवचन्द महत्तो धानुकका छोरा १८ वर्षीय अजितकुमार महत्तो धानुक रहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

दुर्घटना सूचना राप्तीसोनारी पर्सा प्रहरीका अनुसार शनिबार अपराह्नमा डोकैला बहुअरीमा पर्ने बलिरामपुर गाउँ नजिकको गण्डक नहरमा दुर्गा भवानीको मूर्ति सेलाउन साथीहरूसँगै नहरमा पसेका बेला डुबेर अजितको मृत्यु भएको हो ।

नहरमा डुबेका अजितलाईसँगै रहेका साथीहरूले उद्धार गरेर नहरबाहिर निकाले पनि उनको मृत्यु भइसकेको थियो।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०५:२८
प्रतिक्रिया दिनुहोस्