पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, चालक घाइते

बुधबार, असोज २३, २०८१
honor mob  winter sales

तानसेन । पाल्पाको डुम्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। बुटवलबाट पाल्पा जाँदै गरेको लु३१ प ६५७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका दुई युवकमध्ये २२ वर्षीय नारायण उचाइ ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तानसेनले जनाएको छ।

Honor x7 pad

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार  मृतक ठकुरी पाल्पास्थित रामपुर नगरपालिका-१ हाँगेपिपलका स्थायीवासी थिए भने उक्त मोटरसाइकल चालक १८ वर्षीय प्रवीण उचाइ घाइते भएका छन् । उनी पनि सोही स्थानकै रहेको प्रहरीले जनाएको छ।

गएराति बुटवलबाट पाल्पातर्फ जाँदै गर्दा उक्त मोटरसाइकल सोही गन्तव्यतर्फ गइरहेको लु२ख ४६३१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर तानसेन नगरपालिका-८ डुम्रेमा दुर्घटना भएको पाल्पा प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले घाइते प्रविणको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०८:५२
प्रतिक्रिया दिनुहोस्