बाढीपहिरो र डुबानमा हालसम्म २२८ जनाको मृत्यु

बुधबार, असोज १६, २०८१
Honor 600 pro

काठमाडौँ। गत बिहीबारदेखिको तीन दिनको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा हालसम्म २२८ जनाको मृत्यु भएको छ । जसमा अझै २५ जना बेपत्ता छन्। नेपाल प्रहरीले दिएको जानकारी अनुसार  १५९ जना घाइते रहेका छन्।

अहिलेसम्म बाढी, पहिरोमा १३ हजार ६१ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ।

साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भइरहेको हुँदा लामो यात्रामा निस्किनु अघि सम्बन्धी जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ।

साथै सरकारले बाढी प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्