आज राति १० बजेदेखि दाउन्ने सडक बन्द

मंगलबार, असोज १५, २०८१
honor mob  winter sales

काठमाडौँ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडक खण्डको दाउन्ने सडक आज राति बन्द हुने भएको छ ।

Honor x7 pad

जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले एक सूचना जारी गर्दै सोमबार भासिएको सडक मर्मत गर्न आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने जानकारी दिएको हो ।

प्रशासनले भनेको छ, ‘दाउन्ने जंगलको खुर्साने खोलास्थित पूर्व९पश्चिम राजमार्गको सडकखण्डमा अविरल वर्षाले सडक ‘रिटेनिङ वाल’ भत्किएको, करिब ४ मिटर सडक भासिएको साथै विद्युत प्रसारणको ‘हाई टेन्सन टावर’ समेत ढलेको कारणबाट पूर्ण रुपमा यातायात सेवा अवरुद्ध हुन गएकोमा मिति २०८१–०६–१५ गते बिहान ०८ः४५ बजेदेखि यातायात संचालनमा आए तापनि सडक मर्मत गरी सहज रुपमा यातायात संचालनमा ल्याउने प्रयोजनका लागि यही मिति २०८१- ०६ - १५ गते राति १० बजेदेखि मिति २०८१–०६–१६ गते बिहान ०५ बजेसम्मका लागि बर्दघाट बजारदेखि जिल्लाको पूर्वी सीमाक्षेत्र दाउन्ने बजारसम्म यातायातका अत्यावश्यक बाहेकका सम्पूर्ण साधनहरु संचालनमा रोक लगाइएकोले यो सूचना जारी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्