झ्याप्ले खोला पहिरो: पुरिएका बसबाट १५ शव निकालियो

आइतबार, असोज १३, २०८१
Honor 600 pro

काठमाडौं । नौबिसे- नागढुङ्गा सडकखण्डको झ्याप्ले खोलामा अर्को माइक्रोबस पुरिएको अवस्थामा भेटिएको छ। उक्त बस चितवनबाट काठमाडौं आइरहेको खुलेको छ।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उक्त हायस चितवनबाट आउँदै गरेको बा ३ ज १३४५ नम्बरको हायस रहेको खुलेको छ। हायसबाट १० जनाको शव निकालिएको छ।

योसँगै आइतबार मात्रै झ्याप्लेखोलाबाट निकालिएको शव संख्या १३ पुगेको छ। बिहान पुरिएको बसबाट तीन जनाको शव निकालिएको थियो।

उक्त बस गोरखाबाट काठमाडौं जाँदै गरेको बस हुनसक्ने अनुमान प्रहरीले गरेको छ। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्