सर्लाहीमा चित्रलेखा यादवको गोली हानेर हत्या, श्रीमानमाथि आशंका

बिहीबार, असोज १०, २०८१
honor mob  winter sales

सर्लाही । सर्लाहीमा एक महिलाको गोली हानेर हत्या गरिएको छ। जिल्लास्थित हरिपुर्वा नगरपालिका-५ मा स्थानीय २३ वर्षीया चित्रलेखा यादवको गोली लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

प्रहरीका अनुसार गोली चल्दा अर्का एक जना व्यक्ति घाइते भएका छन् । घटना आज बिहान पौने २ तिर भएको थियो। प्रहरीले गोली चलाउने व्यक्तिको पहिचान खुलाएको छैन ।

प्रहरीले दिएको जानकारी अनुसार मृतक चित्रलेखाका ५४ वर्षीय ससुरा रामदिनेश रायलाई बायाँ हातमागोली लागेर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार जारी छ ।

सर्लाही प्रहरीले गोली हानेर फरार भएका व्यक्तिको खोजीकार्यलाई तिब्र बनाएको जनाएको छ। ती व्यक्तिको खोजीका लागि जिल्लाको सीमा क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको सर्लाही प्रहरीले जनाएको छ।

मृतकका श्रीमान गएराति एक जना व्यक्तिसँग मोटरसाइकलमा आएपछि घरमा गोली प्रहारको घटना भएको देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले चित्रलेखालाई गोली हान्ने व्यक्ति उनकै श्रीमान हुन् वा अरु कोहिलाई गोली हान्न लगाएको भन्ने बारेमा अझै केहि नखुलेको जानकारी दिएको छ।

यता राति नै प्रहरी चौकी हरिपुर्वाले भने चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट सार्वजनिक गरेको छ । तर जिल्ला प्रहरी सर्लाही गोली हान्ने व्यक्ति को हो भन्ने बारेम अझै केहि जानकारी दिएको छैन ।

प्रहरीले घटनास्थलबाट दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको पेस्तोलको गोली बरामद गरेको छ। 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्