भारतको राजस्थान जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, २३ जना घाइते

मंगलबार, असोज ८, २०८१
Honor 600 pro

नवलपुर। भारतको राजस्थान जाँदै गरेको बस नवलपरासी पूर्व( नवलपुर) स्थित पूर्व-पश्चिम राजमार्ग अन्तर्गत विनयी खोलामा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

काठमाडौंदेखि राजस्थान जाँदै गरेको आरजे १४ पिसी ३५४५ नम्बरको बस आज बिहान विनयी खोलामा आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बसमा सवार ४५ यात्रुमध्ये २३ जना जना घाइते भएका हुन् । घाइते २३ जनाको नवलपुरस्थित त्रिवेणी अस्पताल उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०८:५८
प्रतिक्रिया दिनुहोस्