घरभित्र हत्या गरिएको अवस्थामा भेटिए ससुरा, ज्वाईं फरार

शनिबार, असोज ५, २०८१
honor mob  winter sales

विराटनगर । मोरङमा एक जना ६० वर्षीय पुरुषको आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जिल्लास्थित पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा अज बिहान फेला परेको  मोरङ प्रहरीले जनाएको छ।

Honor x7 pad

मोरङ प्रहरीले तामाङको धारिलो हतियार प्रयोग गरेर हत्या भएको देखिन आएको जनाएको छ। हत्या गरिएका तामाङको घरमा उनकै ज्वाईं रविन राई पनि बस्दै आउँदा घटनापछि उनी फरार रहेको प्रहरीले जानकारी दिएको छ। रविनको घर तामाङको घर छेउमै भएपनि उनी ससुरासँग बस्दै आएका थिए।

प्रहरीले दिएको जानकारी अनुसार तामाङकी श्रीमती र ज्वाईं रविनकी पत्नी वैदेशिक रोजगारीका लागि विदेशमा छन् । स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार शुकवार राति ज्वाईं ससुरा रक्सी सेवन गरेर विवाद गरेका थिए।

आज बिहान मात्रै छिमेकीले तामाङको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले फरार रहेका ज्वाईं रविनको खोजीकार्य तिब्र पारेको छ भने घटनाबारे थप अनुसन्धान सुरु गरेको मोरङ प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्