लमहीको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु

बिहीबार, असोज ३, २०८१
honor mob  winter sales

लमही । दाङको लमही नजिक बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार दुई जनाको मृत्यु भएको छ।

Honor x7 pad

आज बिहान लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा८० २९४० नम्बरको मोटरसाइकल लमही नगरपालिका-६ बेलदमारमा दुर्घटना हुँदा घोराहीस्थित नवलपुरका २२ वर्षीय  श्रवण कुमार पुन र घोराही ४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। 

मृतक पुन मोटरसाइकल चालक र केसी पछाडि सवार रहेको प्रहरीले जनाएको छ।

दाङ प्रहरीका अनुसार आज बिहान सवा ७ बजे लमहीदेखि ५ किलोमिटर उत्तरमा रहेको बेलदमारमा मोटरसाइकल दुर्घटना भएको र उनीहरु गम्भीर अवस्थामा फेला परेका थिए। तत्कालै उनीहरुको उद्धार गरि लमही अस्पताल ल्याएपनि चिकित्सक उनीहरुलाई मृत घोषित गरेका थिए।

प्रहरीले उक्त मोटरसाइकल आफैं दुर्घटनामा परेको वा अन्य सवारीसाधनले ठक्कर दिएको भन्ने बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्