त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई हुने यात्रुलाई खादा र माला लगाएर जानमा रोक

बिहीबार, भदौ २७, २०८१
honor mob  winter sales

काठमाडौँ ।अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाईको क्रममा खादा, माला नल्याउन आग्रह गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सो आग्रह गरेको हो ।

Honor x7 pad

सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्सरेहरु), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाई गम्भीर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला–खादा विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको उल्लेख छ। र यात्रुले सँगै लानुपर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरी राखेर मात्र लग्न पाइने सूचनामा भनिएको छ।

सूचनामा भनिएको छ, ‘हवाई यात्रु महानुभावहरुले यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक तथा अन्तराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा बिदाइ स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादा आदि सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्सरेहरु), कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किइ उपकरणहरुलाई गम्भीर क्षति पुर्‍याइरहेको साथै यात्रुहरुले खादा–मालाहरु विमानस्थलका विभिन्न क्षेत्रहरुमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको हुँदा विमानस्थल टर्मिनल भवन प्रवेशका दौरान सुरक्षा जाँचका समयावधिभर यस्ता माला, खादा आदि वस्तुहरु प्रयोग नगरिदिन हुन र यात्रु महानुभावले सँगै लानु पर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरी राखेरमात्र लगिदिन हुन यात्रु तथा सम्पूर्ण महानुभावहरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय हार्दिक अपील गर्दछ ।’

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्