लागुऔषधको हब बन्दै सिराहा,३ दिनमा ५ क्विन्टल बढी गाँजा बरामद

सोमबार, भदौ २४, २०८१
honor mob  winter sales

सिराहा । पछिल्लो समय सिराहा जिल्ला प्रतिबन्धित लागुऔषधको अखडा नै बनेको पाइएको छ। खुला सीमानाका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारतीय बजारसम्म प्रतिबन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय बजारबाट ब्राउन सुगर, कोरेक्स, टयाब्लेटहरुलगायतको लागुऔषधहरु भित्राउने गरेको पाइएको हो ।

Honor x7 pad

जिल्लाको उत्तरीक्षेत्र बन्दीपुर, कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढी,  तरेगना गोविन्दपुर, लाहन लगायतका क्षेत्रहरुबाट तस्करहरुले ठूलो मात्रामा गाँजा खरिद गरी भरिया प्रयोग गरी भारतीय बजार पुर्याउने गरेको स्थानियहरु बताउँछन् ।

सिराहा प्रहरीले आज मात्रै कर्जन्हा नगपालिका ११ बाट घरको अगाडि झाडीबाट दुई सय ९० केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। गत २१ गते विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलमा रहेको चानो देवी मुखियाको घरबाटै २ सय १७ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएको थियो। 

तीन दिनमा प्रहरीले पाँच क्विन्टलबढी प्रतिवन्धित लागु गाँजा बरामद गरेको छ। एकैगाँउबाट यति ठूलो परिमाणमा गाँजा बरामद हुनुले पनि सिराहा जिल्ला लागुऔषधको हव नै रहेको पुष्टि गर्छ ।   

गत २१ गते शुक्रबार गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोबारमा संलग्न रहेको शंकामा चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंजकुमार बाखूले जानकारी दिए। 

प्रहरीले शुक्रबार गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको शंकामा भारतको बिहार राज्य, जिल्ला मधुबनी बलरा थाना १२ नम्बर वडाका २० वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडकबहादुर तामाङ र स्थानीय ४० वर्षीया चानोदेवी मुखिया र आज गाँजासहित अनुसन्धानका लागि एक जना गरी चार जनालाई नियन्त्रणमा लिएको मिर्चैयाका प्रमुख डीएसपी बाखूले बताए ।

उनले आज प्रक्राउ गरेको व्यक्तिको अहिले अनुसन्धान भइरहेकोले नाम सार्वजानिक गर्न नमिल्ने बताए । उनले अहिले शंकाको आधारमा पक्राउ गरिए पनि मुख्य कारोबारीहरुको पहिचान भइरहेकाले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए । 

प्रहरीले शुक्रबार पक्राउ परेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

सिराहामा अहिले भारतीय र नेपालीसमेत सक्रिय भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरीले बरामद गरेका गाउँमा तस्करहरुले करिब १० क्विन्टल भन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा भित्राइसकेका छन् ।  

यो गाउँमा मात्र नभइ लोकमार्गको उत्तरी क्षेत्रमा पर्ने गाउँहरुमा अहिले भारतीय तस्करहरुले सयौँ क्विन्टल गाँजा खरिद गरी राखेको स्रोतको दाबी छ । खरिद गरिएको गाँजा भरिया, स्कुल बस र एम्बुलेन्समा प्रहरीकै सेटिङमा भारत बजारसम्म पुग्ने गरेको स्रोतको भनाइ छ । 

सिराहामा करिब १५ वर्ष उमेरदेखि ३५ वर्ष उमेर समूहका हजारौँ युवाहरू लागुऔषधको कुलतमा फसेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्