राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात

आइतबार, भदौ २३, २०८१
honor mob  winter sales

काठमाडौं  । राप्ती नदीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले बताए।

Honor x7 pad

चितवनस्थित भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्तीमा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए । प्रहरी निरीक्षक केसीले भने, “नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिलेसम्म भेट्टाउन सकिएको छैन ।”

शुक्रबार २ बजे माछा मार्न निस्किएका भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियारको खोजी आज पनि जारी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्