नेपाल स्वास्थ्यकर्मी संघ नेपालगञ्जले खुवायो महिला दिदीबहिनीलाई दर

सोमबार, भदौ १७, २०८१
Honor 600 pro

नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ नेपालगञ्ज नगर कार्यसमितिले महिला दिदीबहिनीहरुलाई दर खुवाएको छ । संघले आज नेपालगञ्जमा तीज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरेर महिला दिदीबहिनीहरुलाई दर खुवाएको हो । 

संघका नगर अध्यक्ष राजेश कुमार सेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली, महिला संघ बाँकेकी अध्यक्ष नारायणी रुपाखेतीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । संघकी गोमा आचार्यले सञ्चालन गरेको कार्यक्रममा जागेश्वर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य माया पुन, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँके कांग्रेस सचिव सुधांशु कोइराला, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही, स्वास्थ्यकर्मी बाँकेका कार्यबहाक अध्यक्ष बीरजंग शाह, बाल रोग विशेषज्ञ डा. रोमा बोरा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्