ट्रकसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, अर्का एक घाइते

आइतबार, भदौ १६, २०८१
honor mob  winter sales

धनगढी । कैलालीमा ट्रकसँँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

Honor x7 pad

जिल्लास्थित गोदावरी नगरपालिका-१ अत्तरिया धनगढी सडकको पाठक पेट्रोल पम्पनजिक रोकिराखेको ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरइसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ।

आज बिहान सवा १ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-२ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका कैलाशको उपचारका सेती प्रादेशिक अस्पतालमा क्रममा मृत्यु भएको हो भने मोटरसाइकल पछाडि सवार सोही स्थानकै २५ वर्षीय भुपेश पाल घाइते छन्। उनको पद्मा अस्पतालमा अत्तरियामा उपचार भइरहेको कैलाली प्रहरीले जानकारी दिएको छ।

कैलाली प्रहरीले ट्रक र बझाङ घर ट्रक चालक भरत बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्