पाँचथरमा ग्रिनेड पडकिएर गम्भीर घाइते दुई नाबालकको मृत्यु

शुक्रबार, भदौ १४, २०८१
Honor 600 pro

काठमाडौं । पाँचथरको फालेलुङमा ग्रिनेड पडकिएर एकै घरमा दुई नाबालकको मृत्यु भएको छ। जिल्लाको फालेलुङ गाउँपालिका-५ आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर ग्रिनेड पडकिएको प्रहरीले जनाएको छ। 

ग्रिनेड पडकिएर गम्भीर घाइते भएका आइतराजको घरमा बस्दै आएका दिलिप साँँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीया छोरा दिप्स्नको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ग्रिनेड पडकिएर दिलिपका ४ छोरा-छोरी घाइते भएका थिए भने प्रिन्सा र दिप्सनको मृत्यु हुँदा ९ वर्षीय पवन र अर्का एकको अवस्था सामान्य रहेको पाँचथर प्रहरीले जनाएको छ।

प्रहरीले आइतराजको घर नजिक अर्को विस्फोटक पदार्थ समेत फेला परेको जनाएको छ। त्यस स्थानमा नेपाली सेनालाई पठाइएको जिल्ला प्रहरी कार्यालय पाँँचथरले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्