मोटरसाइकल दुर्घटना पूर्ववडाध्यक्षको मृत्यु

शनिबार, भदौ ८, २०८१
honor mob  winter sales

सर्लाही । मोटरसाइकल दुर्घटनामा सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको निधन भएको छ ।

Honor x7 pad

बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको निधन भएको प्रहरीले जनाएको छ । 

कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएर दुर्घटना भएको र उनको घटनास्थलमै निधन भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिए । 

पूर्ववडाध्यक्ष यादवले चलाएको मोटरसाइकले एउटा साइकल ठक्कर दिएको प्रहरी उपरीक्षक सिंहले बताए । “साइकल, चप्पल र मोबाइलको खोल घटनास्थलमै रहेको तर साइकल चालक फरार छ”, उनले भने, “पूर्ववडाध्यक्षको घटनास्थलममै मृत्यु भएपछि साइकल चालक डराएर फरार भएको हुनसक्छ ।” 

साइकल चालकको खोजी तथा दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । यादवको टाउकाको पछाडि भागमा गम्भीर चोट लागेको छ । 

नेकपा ९एमाले० जिल्ला कमिटीका सदस्य रहेका यादव २०७४ को निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यादवको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । रासस।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्