भैंसी गोठमा बाघ मृत फेला, भैंसी घाइते

बिहीबार, भदौ ६, २०८१
honor mob  winter sales

मनहरी (मकवानपुर )। मकवानपुरमा भैंसी गोठमा पाटे बाघ मृत भेटिएको छ। जिल्लास्थित मनहरी गाउँपालिका-६ प्रतापुरमा बलबहादुर राईको भैंंसी गोठमा बाघ मृत र भैंसी घाइते अवस्थामा परेको प्रहरीले जनाएको छ।

Honor x7 pad

आज बिहान ३ बजे राईले गोठमा गएर हेर्दा बाघ मृत र भैंसी घाइते अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

बाँधेकै अवस्थामा बाघले भैंंसीलाई आक्रमण गर्दा भैंसीले बाघलाई हानेर बाघको मृत्यु भएको देखिएको चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेनाले जनाएको छ।  बाघ बुढ‍ो भएकै कारण भैंसीको आक्रमणमा बाघको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

राष्ट्रिय निकुञ्जको सेनाले बाघलाई लिएर गएको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्